बिराटचोक,१९ फागुन । नेकपा (एमाले)का १ नम्बर प्रदेश कमिटी सदस्य राजकुमार ओझाले विभिन्न पार्टीहरु छाडेर एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको बताएका छन् । जनताको लोकप्रिय कामहरु गरिरहेको केपी ओली नेतृत्वको सरकारलाई हटाएर अहिलेको प्रमादेशी सरकारले त्यस्तो कुनै काम गर्न नसेको कारण जनताहरुको एमालेप्रति आकर्षण बढेको नेता ओझाले बताए ।
अनलाइन सगरमाथासँग बिहिबार भएको कुराकानीमा नेता ओझाले अहिलेको सरकारले मूल्य वृद्धिमा कमी नगरेको जनताको लक्ष्य उद्वेश्य पूरा नगरेको र विकासका खर्च कटाएर साधारण खर्च बढाएर जनतालाई धोका दिएको पनि उनले आरोप लगाए ।
१ नम्बरको प्रदेशको पूर्व राज्यमन्त्री समेत रहेका नेता ओझाले १ एउटा मन्त्रालय हुँदा डेढ अर्ब रुपैया सम्म खर्चहुने हुँदा ७ ओटा मन्त्रालय भएको ठाउमा बढाएर १४ ओटा १९ वटासम्म बढाएर सामान्य खर्चहरु तेल किन्ने, गाडी किन्ने, पारिश्रमिक, लगायतको खर्च बढाएर जीडीपी घटेको हिजो ७ प्रतिशत हुँदा अहिले ४ प्रतिशत भन्दाकमी हुँदै आएको हुँदा अहिले देश टाट पल्टिने अवस्थामा आएको कुरा उनले बताए ।
केपी ओली सरकारले गरेको १४ सय सडकहरुको आयोजना घटाउने काम गर्यो अहिलेको सरकारले त्यो उपहार दियो स्थानीय बाटाघाताहरु,पुल पुलेसाहरु,हस्पिटल निर्माणमा हालेका पैसाहरु, डिपीआर भएका रणनीतिक सडकहरु लगातार निर्माण गर्न तयारी अवस्थामा रहेको तर अहिलेको सरकारले सवै हटाएको समेत उनले थप आरोप लागाए ।
त्यसैले अहिलेको प्रमादेशी गठबन्धन सरकारको सबै कर्तुतहरु उदाङ्गिएको हुँदा जनताले सबैकुरा बुझिसकेकाले अव आउने निर्वाचनमा केपी ओली नेतृत्वको सरकारको पालामा भएको विकास र योजनाहरुलाई सम्झदै बिश्वासका साथ जनताले जिताउने उनले व्यक्त गरे ।



















