सुनसरी,१९ फागुन । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको बराहाक्षेत्र नगर कमिटी गठन भएको छ । बिहिबार भएको नगर स्तरीय भेलाले भीम बहादुर बस्नेतको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा सन्तोष लिम्वु सचिवमा सुर्य तुम्वाहाम्फे सह-सचिवद्वयमा मुविन लिम्वु र बिनोद पाण्डे चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा बिक्रम राइ,रोहित सुब्बा ,राजन घिमिरे ,मधुसूदन भट्टराई ,तिलक बस्नेत, नविन खनाल, विरेन्द्र खड्का, युवराज बस्नेत, प्रेम भुजेल, ईश्वर कार्की, अनिस पोखरेल ,राम लिम्बु ,मनीकुमार लिम्बु, दिनेश कार्की लगायत रहेका छन ।
नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले जिल्ला कमिटी उप सचिव योग्यराज खड्का विशिष्ट अतिथी खेलकुद महासंघका केन्द्रीय सदस्य सुरेस कार्की र अतीथीहरु जिल्ला खेलकुद महासंघ बिभाग प्रमुख नवराज राई, पार्टी नगर सचिव राजेन्द्र कार्की लगायतले बधाई तथा सुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।
खेलकुद महासंघको सुनसरी जिल्ला अध्यक्ष पुस्प कार्कीको अध्यक्षतामा भएको सो भेलामा खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटीका सह संयोजक भेषराज कार्कीले स्वागत मन्तव्य राखेका थिए भने बिदुर भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।


