काठमाडौँ,२० फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो हुने रिपोर्टिङ आएको बताएका छन्।

शुक्रबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा काङ्ग्रेस पहिलो र माओवादी दोस्रो हुने आँकलन भएको सूचना आएको बताएका हुन्।

‘आगामी चुनावमा पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ’, उनले भने, ‘दोस्रोमा माओवादी केन्द्र रहेछ। तर हामी पहिलो दल बन्नु पर्छ, त्यो सम्भावना अझै पनि छ।’ संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ पुगिसकेकाले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था आइसकेको पनि प्रचण्डले बताए।

शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा उनले रिपोर्टिङ गरेका हुन्।