केराबारी,२७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघको केरावारीकाे गाउपालीका कमिटी गठन भएको छ । बिहिबार भएको प्रथम गाउपालीका सम्मेलन बाट बिमला घिसिङको अध्यक्षमा ७५ सदस्यीय गाउपालीका कमिटी गठन भएको हो ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा लिल्ला देबी दास सचिवमा कृष्ण कुमारी श्रेष्ठ लगायत सदस्यहरु रहेका छन ।

नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फे अतिथीहरु नेकपा एमाले १नम्बर प्रदेश कमिटी सदस्यहरु राजकुमार ओझा ,केदार गुरागाई,डिल्ली शर्मा अधिकारी,बिमला (दाहाल) घिमिरे मोरङ जिल्ला कमिटी सचिव रुपेश खतिवडा, उप सचिव शान्ती कुमारी लिम्बु , सदस्य भाकर खनाल ,केराबारी गाउपालिका कमिटी सचिव भिम कार्की लागतले बधाई तथा सुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।
निर्मला लिम्बु (राइ)को अध्यक्षतामा भएको कार्यक्रमलाई कविता राईले संचालन गरेकी थिइन ।


