बिराटचोक,२७ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघले सुन्दरहरैचा नगर कमिटीको नेतृव चयन गरेको छ । सुक्रबार सुन्दरहरैचाको बिराटचोकमा बसेको नगर कमिटीको पहिलो बैठकले अध्यक्षमा कविता शर्मालाई चयन गरेको हो ।
७५ सदस्यीय गठन भएको कमिटीको उपाध्यक्षमा शान्ती खवास सचिवमा गोमा कटवाल (देउजा) सह-सचिवमा तुलसा मेयाङवो र कोषाधक्ष्यमा दिपा ओझा रहेका छन ।

गत फागुन १९ गते भएको अनेमसंघ तेश्रो नगर सम्मेलनले सुन्दरहरैचाका १२ ओटा वडाबाट ७५ जना सदस्यहरुलाई चयन गरेको थियो । नव गठित कमिटीलाई चैत्र पहिलो हप्ता भित्र सपथ ग्रहण गराइने निर्वाचन मण्डलकी संयोजक नारायणी भण्डारीले बताइन ।
नव गठित कमिटीलाई कार्यक्रमको प्रमुख अतिथी अनेमसंघकी केन्द्रीय सदस्य तथा सुन्दरहरैचा नगरपालीका उप प्रमुख धना तामाङ अतिथीहरु नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्यहरु केदार गुरागाई, इशान राइ,ज्ञानेन्द्र ओझा लगायतले बधाई तथा सुभकामना मन्तव्य राखेका थिए ।
कमिटीमा मनोनित कोटा राखीएको हुदा छुट्नु भएको साथीहरुलाइ चाडै बैठक राखी समावेश गरीने नव गठित कमिटीकी अधक्ष्य कविता शर्माले बताइन ।


