केराबारी,३० फागुन । केराबारीमा सञ्चालित दोस्रो गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता २०७८ लाई बदनाम गराउने प्रयास गरिएको केराबारी खेलकुद विकास समितीले बताएको छ ।
गत शुक्रबारदेखि केराबारीमा सञ्चालित दोस्रो गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता २०७८ लाई बदनाम गराउने प्रयास गरिएको केराबारी खेलकुद विकास समितिका सचिव विवेक भुजेलले बताए । खेलकुद व्यवस्थापनमा पनी ढिलो पुगेको विषय र स-साना कुराहरुलाई सामाजिक सञ्जालमा अतिरञ्जित अभिव्यक्तिहरुले सामाजिक सञ्जालमा छताछुल्ल बनाएको अतिरञ्जित बनाएर लाई लिएर सामाजिक सञ्जालमा अतिरञ्जित अभिव्यक्तिहरुले सामाजिक सञ्जालमा छताछुल्ल बनाएको सचिव भुजेलले बताए ।
फुटबल टिमको आन्तरिक कारणले खेल सार्नु परेको सानो कारणलाई राजनीतिकरण गर्ने दुष्प्रयास गरिएको र उक्त स - साना प्राविधिक समस्याहरु जुनसुकै खेलमा आउने तथा उक्त समस्या नदोहोरिन नदिन खेलकुद समिति गम्भीर रहेको सचिव भुजेलले बताए ।
एमालेकै नेतृत्व भएको कारण राजनीतिक प्रतिशोध साँध्न स-साना कुरालाई अनावश्यक गिजोलिएको र समग्र खेलकुद क्षेत्रलाई बदनाम गराउने प्रयास गरिएको खेलकुद व्यवस्थापन उपसमितिका सदस्य सङ्गम कन्दङवाले बताए ।
खेलकुद विकास समितिकि अध्यक्ष नेकपा एमालेकि नेतृ तथा गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी लिम्बू हुन् भने सचिव सहित खेलकुद विकास समितिमा एमालेको बहुमत छ ।


