रोल्पा,३० फागुन । माओवादी आन्दोलनको केन्द्रविन्दु मानिने रोल्पामा केन्द्रीय सदस्य सहित ६३ जना नेता एमाले प्रवेश गरेका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिकावाट ठूलो संख्यामा माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
माओवादीका पूर्व केन्द्रीय सदस्य ज्ञानु पुन, माओवादीका प्रभावशाली नेता होमबहादुर घर्तीसहित करिब ६३ जनाले आईतवार नेकपा (एमाले) प्रवेश गरेका छन् ।
एमाले रुन्टीगढी गाउँपालिकाद्वारा डाफ्ला भन्ने स्थानमा आयोजित पार्टी प्रवेश तथा संगठन सुदृढीकरण अभियानका क्रममा उनीहरूले माओवादी केन्द्र परित्याग गरि एमालेको सदस्यता लिएका हुन ।
नवप्रवेशी नेताहरूलाई एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–इन्चार्ज कुमार दसौदी, केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–इन्चार्ज ईश्वरी जीएम, जिल्ला अध्यक्ष बालाराम बुढालगायतका नेताहरूले स्वागत गरेका थिए ।


