बैतडी,३० फागुन । बैतडीको पाटनमा बिभिन्न पार्टी परित्यागगरि सोमबार ठुलो संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमाले पाटन नगर कमिटीको आयोजनामा सोमबार भएको प्रशिक्षण कार्यक्रमको अवस्वर पारेर नेकपा एकिकृत समाजवादीका नगर कमिटि अध्यक्ष लोकेन्द्र बिष्ट सहित बिभिन्न पार्टी परित्यागगरी ८३ जना एमालेमा प्रवेस गरेका हुन ।
त्यसैगरी त्यसैगरी नेकपा माओवादी केन्द्रका स्थानियतह २०७४ सालको निर्वाचनमा ५ नम्बर वडाबाट वडा अध्यक्ष उमेदवार सहित २४ जना, नेपाली काग्रेस क्षेत्रीय प्रतिनिधि धर्मानन्द भट्टसहित ५२ जना र राप्रपाका नन्दराम पन्तसहित ७ जना (एमाले)मा प्रवेश गरेको एमाले बैतडीका प्रचार बिभाग प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिए ।
नवप्रवेसीहरु लाई कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले बैतडी जिल्ला कमिटी अधयक्ष सुरेन्द्र पालले स्वागत गरेका थिए ।


