सुर्खेत, ३ चैत । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कर्णाली प्रदेशमा दिनदिनै कमजोर बन्दै जान थालेको छ । बिभिन्न प्रलोभनमा पारी एमालेबाट आफूतिर तानेका नेताहरु माधवको पछिल्लो ब्यवहार बुझेपछि धमाधम एमालेमै फर्कन थालेपछि सो पार्टी कर्णालीमा निकै दयनीय अवस्थामा पुग्न लागेको हो ।

एमाले फर्कने क्रममा समाजवादीका प्रदेश कमिटीका २ जना सदस्यसहित दर्जन बढी नेता तथा सयौं कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् । नेकपा एमालेको पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आज एमाले कर्णाली प्रदेश इन्चार्ज एवं स्थायी कमिटी सदस्य यामलाल कंडेलले समाजवादीका कर्णाली प्रदेश सदस्य एवं वीरेन्द्रनगर १० का वडाअध्यक्ष रत्नबहादुर विसि, प्रदेश कमिटी सदस्य जागुराम चौधरी सहितको टोलीलाई प्रवेश गराए ।

एमालेमा प्रवेश गर्नेहरुमा नेकपा एसकै जिल्ला कमिटी सदस्य विमला थापा, नगर युवा अध्यक्ष हरि विसी, नगर सदस्य चन्द्रबहादुर सुनार, भक्त आले, नगर सदस्य प्रविण शाही, मिनबहादुर थापा, दलित महिला सदस्य सुनिता चौधरी लगायत डेढ सय बढी रहेका छन । एमाले रोज्नेहरुले एमालेको बिकल्प नेपालमा अरु दल हुन नसक्ने तथ्य प्रमाणित भइसकेकोले आफूहरु समाजवादी त्यागेर निशर्त रुपमा एमाले प्रवेश गरेको बताएको थिए ।