नुवाकोट,४ चैत । नेपाल कम्युनिस्ट पार्टी एमाले दुप्चेश्वर गाउपालिकाको प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम समुन्द्रटारमा भब्य रुपमा सम्पन्न भएको छ।
दुप्चेश्वर गाउपालिका कमीटीका अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा नेकपा एमालेका स्थायी कमीटी सदस्य शेर बहादुर तामाङको प्रमुख प्रशिक्षकको रुपमा उपस्थित रहनु भएको उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बिन्दा ढुङ्गाना , जिल्ला अध्यक्ष बद्री मैनाली , बागमती प्रदेश सदस्यहरु बलराम आचार्य र पुर्ण लाल श्रेष्ठ,एमालेका नुवाकोट पार्टी उपसचिव निलकण्ठ आचार्य,स्कुल बिभाग प्रमुख यम प्रसाद खतिवडा,सुरज शेर्पा ,बिजय खनाल ,मनोज उप्रेती,युवा संघका केन्द्रीय सचिव दिनेश आचार्य लगायत अन्य जिल्ला नेताहरूले प्रशिक्षण तथा शुभकामना दिनुु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको कार्यदिशा ,स्थानिय निर्वाचन तयारी, माक्र्सवाद र दर्शन जस्ता बिषयहरुमा प्रशिक्षण सन्चालन भएको थियो । कार्यक्रममा महेश्वर सिटौलाको सम्योजकत्वमा युवा संघको गठन भएको थियो ।
उक्त कार्यक्रममा १०० भन्दा बढी माओबादी केन्द्र तथा नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । दुप्चेश्वर गाउपालिका कमीटीका अध्यक्ष प्रेम तामाङ्को अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो ।



















