लेटाङ,४ चैत । नेकपा माओवादी केन्द्र लेटाङका नेता नेकपा एमालेमा प्रवेश गरेका छन । शुक्रबार नेकपा एमाले लेटाङनगर पार्टी कार्यालयमा एक कार्यक्रममा मओवादी केन्द्र लेटाङको ८ नम्बर वडा कमिटी अध्यक्ष तथा नगर कमिटी सचिवालय सदस्य दुर्गा पाेखरेल प्रवेश गरेका हुन ।
तत्कालिन नेकपाकाे निरन्तरता स्वरुप मूल घर नेकपा एमालेमै फर्किएको पाेखरेलले बताए । एमालेमा फर्किएका पाेखरेललाइ नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती,नगर कमिटी अध्यक्ष कृष्ण लुइँटेल,उपाध्यक्ष बालकुमार श्रेष्ठ,सचिव जितबहादुर लामा,उपसचिव पुनम मास्की मगर लगायतले स्वागत गरेका थिए ।
त्यसैगरी लेटाङ नगरपालिका वडा नम्बर ७ का वडासदस्य, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि, साविक वाराङ्गी गाविस क्षेत्रका प्रभावशाली नेता आदीमान लिम्बू केहि अघि नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले नेकपा एमालेकाे नेतृत्वमा मात्रै देश र नगरकाे विकास हुने भन्दै नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा रोजेको कुरा ब्याक्त गरेका थिए ।
नेपाली कांग्रेस परित्यागगरी एमालेमा प्रवेश

त्यसैगरी लेटाङ नगरपालिका वडा नम्बर ७ का वडासदस्य, नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि, साविक वाराङ्गी गाविस क्षेत्रका प्रभावशाली नेता आदीमान लिम्बू केहि अघि नेकपा एमालेमा प्रवेश गरेका थिए । उनले नेकपा एमालेकाे नेतृत्वमा मात्रै देश र नगरकाे विकास हुने भन्दै नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा रोजेको कुरा ब्याक्त गरेका थिए । उनलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य भूपेन्द्र लावती, मोरङ जिल्ला कमिटी सदस्य शेरमान तामाङ लगायतले वारङ्गीमा एक कार्यक्रमका बीच स्वागत गरेका थिए ।



















