काठमाडौं,५ चैत। सुर्खेतमा पनि नेकपा एमाले प्रवेशको गर्नेहरुको लहर तिब्र रुपमा चलिरहेको छ । सुर्खेतका स्थानीय तहदेखि नगरपालिका प्रदेश तथा केन्द्रीय स्तरका नेताहरु धमाधम एमाले प्रवेश गरिरहेका छन् । फागुन महिनाभित्र मात्रै सुर्खेत जिल्ला भरिबाट हजारौं कांग्रेस, माओवादी र समाजवादीका नेता कार्यकर्ताहरु एमाले प्रवेश गरिसकेका छन् ।

यसै क्रममा नेपाली कांग्रेस बिरेन्द्रनगर नरपालिका वडा न १३ का पार्टी सह–सचिव तथा नेपाली कांग्रेस सुर्खेत जिल्लाका प्रभावशाली नेता ज्ञानबहादुर बस्नेत एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसले लोकतान्त्रिक बिधि पद्धतिको औचित्य समाप्त गरिसकेकोले अब यो देशमा कांग्रेसको भविष्य नभएकोले नेपाली कांग्रेस परित्याग गरेको नेता ज्ञानबहादुर बस्नेतले बताए ।

नेता बस्नेतलाई एमालेका कर्णाली प्रदेश ईन्चार्ज तथा स्थायी कमिटी सदस्य यामलाल कंडेल, सुर्खेत जिल्ला कमिटी लगायतका शिर्ष नेताहरुले एमाले पार्टी कार्यालय सुर्खेतमा स्वागत गरेका थिए । नेता बस्नेतलाई पार्टीले उचित जिम्मेवारी दिने एमाले सुर्खेतका जिल्ला उपाध्यक्ष कुलमणि देवकोटाले बताए ।