बिराटचोक,५ चैत । नेकपा (एमाले) निकट अखिल नेपाल महिला संघ सुन्दरहरैचा नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । अनेमसंघको सनिबार बिराटचोकमा भएको पहिलो बैठकमा कमिटीका पदाधीकारी तथा सदस्यहरुलाई गोपनियता सपथ ग्रहण गराइएको हो ।
गत फागुन १९ गते भएको अनेमसंघ तेश्रो नगर सम्मेलनबाट चयन भएका ७५ सदस्यीय नगर कमिटीको गत फागुन २७ गते पदाधीकारी चयन गरेको थियो । कमिटीको अध्यक्षमा कविता शर्मा उपाध्यक्षमा शान्ती खवास सचिवमा गोमा कटवाल (देउजा) सह-सचिवमा तुलसा मेयाङवो र कोषाधक्ष्यमा दिपा ओझा लगायत सदस्यहरु रहेका छन ।

नव गठित कमिटीलाई कार्यक्रमको प्रमुख अतिथी अनेमसंघकी केन्द्रीय सदस्य तथा सुन्दरहरैचा नगरपालीका उप प्रमुख धना तामाङले गोपनियता तथा सपथ ग्रहण गराएकी थिईन । सो कार्यक्रमा निबर्तमान अधक्ष्य देवीमाया ढकालले नवगठित कमिटीका अधक्ष्य कविता शर्मा र सचिव गोमा कटवाल (देउजा) लाई माइन्युट हस्तान्तरण गरेकी थिइन ।
कार्यक्रमा नेकपा एमाले की महिला नेत्री नारायणी भण्डारी, पार्टी नगर अध्यक्ष मातृका प्रसाद ढकाल,रुजा घिमिरेले मन्तव्य राखेका थिए ।



















