बिराटचोक,५ चैत । मोरङको सुन्दरहरैचामा बिभिन्न पार्टी परित्याग गरी दुइ सय जना एमालेमा प्रवेश गरेका छन ।रास्ट्रीय युवा संघ सुन्दरहरैचा नगर कमिटिको आयोजनामा शनिवार गछियामा भएको पार्टी प्रबेश तथा प्रशिक्षण कर्यक्रममा बिभिन्न पार्टी परित्याग गरी  एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा माओवादी केन्द्र नगर कमिटी सचिवालय सदस्य तथा वाइसीएल जिल्ला कमिटी सदस्य सुनिल लिम्बूको नेतृत्वमा अखिल नेपाल सुकुम्बासी संघका नगर कमिटी सचिव दीपेश अधिकारी, अखिल क्रान्तिकारी पूर्व जिल्ला कमिटी उपाध्यक्ष रोज्ञन अधिकारी, वाइसीएल नगर कमिटी सदस्य काशीराम दाहाल, नेकपा माओवादी केन्द्र ३ नम्बर वडा कमिटी उपाध्यक्ष पूर्णमाया लिम्बू लगायत २ सय जना नेकपा एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ सुन्दरहरैंचाका अध्यक्ष जयप्रकाश रायमाझीले जानकारी दिए ।

यस्तै सोही कार्यक्रममा सुन्दरहरैंचा ९ बाट समेत केही युवाहरु नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेस गरेको उनले जानकारी दिए ।

276168507_655891888981244_6495928105282034968_n

एमालेमा प्रवेश गर्ने भन्ने हल्ला चलेपछी मओवादी केन्द्रबाट बिभिन्न प्रलोभन आफुलाई आएपनी कुनै प्रवाह नगरी पार्टीको मूल प्रवाह नेकपा एमालेमा प्रवेश गरेको नव प्रवेशीहरुले बताए । नव प्रवेशीहरु लाई कार्यक्रमको प्रमुख अतिथी नेकपा एमाले स्थाई कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेले स्वागत गरेकी थिइन ।

276097333_655859548984478_8788523730412240101_n

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य लक्ष्मीप्रसाद फुयल,प्रदेश कमिटी सदस्यहरु केदारप्रसाद गुरागाई,अजम्बर राई, अर्जुनराज अधिकारी,पार्टी मोरङ जिल्ला कमिटी सदस्यहरु भक्तकिरण राई ,राजेश थापा , युवा नेताहरु नविन पौडेल,मनोज राई,सुमन मिरिचिङ्ग मगर ,जिल्ला नेता प्रविन घिमिरे लगायतको आतिथ्य रहेको थियो ।

रास्ट्रीय युवा संघ सुन्दरहरैचा नगर कमिटिको अध्यक्ष जयप्रकाश रायामाझीको अध्यक्षतामा भएको कार्यक्रममा नगर कमिटी सचिवालय सदस्य दावा तामाङले स्वागत मन्तव्य राखेका थिए भने युवा नेता केशव बास्तोलाले संचालन गरेका थिए ।

276143700_2172495276262478_7711531261731176625_n (2)