बिराटचोक,६ चैत । नेकपा एकिकृत समाजवादी पार्टी निकट मुक्ती समाज मोरङका अध्यक्ष तिलक परियार नेकपा एमालेमै फर्किएका छन । नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेका नेता परियारले शनिबार देखी मूल प्रवाह पार्टी नेकपा एमालेमा नै फर्किएको संचार माध्यम मार्फत बताएका छन ।
नेता परियार केहीदिन देखी नेकपा एमालेका प्रदेश कमिटीका नेताहरु अजम्बर राई र अर्जुनराज अधिकारी सँग छलफलमा रहेका थिए । छलफलपछि पार्टी भित्र फरक मत रहने कुरा सामान्य हो तर पार्टी नै फुटाउने काम पछि आएर गलत महसुश भएकोले मूल प्रवाह पार्टी नेकपा एमालेमै फर्किएको नेता परियारले बताए । शनिबार नेकपा एमाले निकट रास्ट्रीय युवा संघ सुन्दरहरैचा नगर कमिटिले गछियामा आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कर्यक्रममा पुर्व बिधार्थी नेता समेत रहेका परियारको आतिथ्यता समेत रहेको युवा नेता प्रविन घिमिरेले जानकारी दिए ।
२०५० साल देखी कम्युनिष्ट पार्टीमा भइ नेकपा एमाले हुदै नेकपा कालिन समयमा माधव नेपाल समुहमा खुलेका नेता परियार केहि समय देखी सुदरहरैचामा नेकपा (एस)को संगठन निर्माणमा सक्रिय रहेका थिए । पार्टी भित्र फरक मत रहने कुरा सामान्य हो तर पार्टी नै फुटाउने काम गलत हो महसुश भएकोले मूल प्रवाह पार्टी नेकपा एमालेमा नै फर्किएको नेता परियारले बताए । नेता परियार कम्युनिष्ट पार्टीको स्थानीय स्तरमा इमान्दार पात्रको रुपमा चिनिन्छन् ।
दलित अधिकारको अगुवा मात्र नभई सामाजिक अभियन्ताको रुपमा काम गर्दै आएका नेता परियारले गरिव तथा निम्न बर्गका छोराछोरी लाई निशुल्क ट्युसन अभियान जस्ता लोकप्रिय कार्यक्रमहरु गरीसकेका छन ।


