बिराटचोक,९ चैत । नेकपा एमाले निकट राष्ट्रीय युवा संघ सुन्दरहरैचा ९ नम्बर वडा कमिटीले सरसफाई कार्यक्रम गर्ने भएको छ । आउदो चैत १२ गते सनिबारका दिन बिहान ७ बजेदेखी सरसफाई कार्यक्रम सुरु गरिने युवा संघ ९ नम्बर वडा कमिटी अध्यक्ष भविन पाण्डेले बताए ।
सुन्दरहरैचाको सलकपुर चोक देखी सुरु गरी खोर्साने चोक सम्म पुगेर समापन गरीने अध्यक्ष पाण्डेले जानकारी दिए । युवाहरुलाई समाजप्रतिको दायित्व र कर्तव्य बोध गराउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ गरिन लागेको सो सरसफाई कार्यक्रममा पार्टीका नेताहरु संगै युवाहरुको उल्लेखनीय सहभागी हुने युवा नेता पाण्डेले बताए ।
युवा संघ सुन्दरहरैचा ९ नम्बरमा भविन पाण्डेको नेतृत्वमा वडा कमिटी गठन भएको छोटो समयमै धेरै सामाजिक कार्यहरु सम्पन्न गरीसकेको स्थानीय युवा ब्यावसायी बिष्णु कार्कीले बताए ।


