मधुमल्ला,१३ चैत । नेकपा एमाले निकट रिटर्नी फेडेरेसन नेपलको मिक्लाजुङ गाउँ कमिटि गठन भएको छ । बैदेशीक रोजगारीमा गई प्रवासबाट फर्कीएकाहरुको सनिबार मधुमल्लामा भएको भेलाले सन्तोष मगरको अध्यक्षतामा २९ सदस्यीय मिक्लाजुङ गाउँ कमीटी गठन गरेको हो ।

त्यसैगरी कमीटीको उपाध्याक्षहरु बिरेन्द्र पाण्ड, नरेश धमला सचिवमा दीपक बस्नेत र कोषध्यक्ष नवीन भण्डारी लगायत सदस्यहरु चयन भएका हुन । रीटर्नीको ज्ञान, शिप, पुजी र जाँगर– समृद्ध नेपाल नीमार्णको आधार भन्ने मुलनाराका साथ नव गठीत कमीटीको पदाधीकारीहरुलाई पद तथा गोपनीयताको सपथ रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय सदस्य छवीरमण कटुवालले गराएका थिए ।

277301164_454882899767964_7710801524236284545_n

 

नव गठीत समीतीका पदाधीकारीहरुलाई बधाई तथा शुभकामाना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिव रुपेश खतीवडाले रिटर्नीको ज्ञान, शिप, पुजी र जाँगर– समृद्ध नेपाल नीमार्णमा अतुलनीय योगदान पु¥याउने बताए ।

277226870_454882549767999_5151706688769378250_n

नव निवार्चीत कमिटीलाई कार्यक्रममा रिटर्नी फेडेरेसन नेपालका केन्दीय सदस्यतथा मोरङ जिल्ला इन्चार्ज टीएन बराल, नेकपा एमालेका युवा नेता शुशिलराज चौहान, नेकपा एमाले मोरङ जिल्ला सदस्यहरु सरला राई, मेघनाथ घिमीरे, डिल्ली प्रसाद खतिवडा, नरेन्द्र प्रसाद ढुङ्गेल, नेकपा एमाले मिक्लाजुङ गाउँ कमीटी सचिब र अध्यक्ष नविन कार्की र बुद्धीमान लिम्बु लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रमको अवस्वरमा मिक्लाजुङ वडा नं. ७ बाट नेपाली कांग्रेस परित्याग गरी सिता खड्का, नविन कार्की र रुपेश खड्का नेकपा एमालेमा प्रवेश गरेका थिए । नव प्रवेशी हरुलाई कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिव रुपेश खतीवडाले स्वागत गरेको मिक्लाजुङ पार्टी सचिव नविन कार्कीले जानकारी दिए । कार्यक्रमको संचालन रिटर्नी फेडेरेसन नेपालका मोरङ जिल्ला सचिव दिपक कटुवालले गरेका थिए ।