बिराटनगर,१३ चैत । नेपाल भूमिहीन सुकुम्बासी संगठनको मोरङ जिल्ला कमिटी गठन भएको छ । आइतबार बिराटनगरमा भएको नेपाल भुमिहिन सुकुम्बासी संगठन मोरङको दोस्रो जिल्ला अधिबेशबाट कपिलमणि पौडेलको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

नव गठित कमिटीको उपाध्यक्षमा निशाकिरण राई सचीवमा मुक्ती नेउपाने, उपसचिव मा केशव मिश्र र काेषाध्यक्षमा बिमला राजबंसी लगायत सदस्यहरु रहेका छन । अधिबेशन नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा संगठनका अध्यक्ष माननीय शान्ता चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

नव गठित कमिटीलाई नेकपा एमाले मोरङ जिल्ला कमिटी अध्यक्ष ऋषीकेश पोखरेल सचिव रुपेश खतिवडा लगायतले बधाई तथा सुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।