रामेछाप,१४ चैत । नेकपा एमाले रामेछाप नगरपालिका–१ गोठगाउँ वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
वडा कमिटी अध्यक्ष बाबुराम कार्कीको अध्यक्षता तथा एमाले रामेछाप जिल्ला कमिटी अध्यक्ष आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य दीपशिखा दाहाल, जिल्ला कमिटी उपसचिव होतराज ढकाल, नगर पार्टी अध्यक्ष रोशन पाख्रिन लगायतले बोल्नु भएको थियो । सो कार्यक्रममा विभिन्न पार्टी परित्याग एमालेमा आउनेलाई स्वागत गरिएको थियो । वडाका विभिन्न पार्टी परित्याग गरेका युवा एमालेमा प्रवेश गरेका छन् ।


