बिराटचोक,१४ चैत । नेकपा एमाले निकट नेपाल बुद्धिजीवी परिषदको सुन्दरहरैंचामा नगर समिति गठन गरिएको छ । सुन्दरहरैंचाको पहिलो नगर अधिवेशनवाट मुक्तीनाथ दाहालको नेतृत्वमा ८१ सदस्यीय नगर समिति चयन गरिएको हो ।

277176806_4722380674551445_7389834808424741941_n

शनिबार बिराटचोकमा भएको अधिवेशनबाट उपाध्यक्षमा उमा गुरागाई सचिवमा भजनलाल सुबेदी सहसचिवमा लेखनाथ सुबेदी र कोषाध्यक्षमा खगेन्द्रराज दाहाल लगायत सदस्यहरु चयन भएका छन । अधिवेशनमा नेपाल बुद्धिजीवी परिषदकी केन्द्रीय उपाध्यक्ष राधा अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

277300714_4722380801218099_7137164424793486590_n

नव गठित समितीलाई कार्यक्रमका विशिष्ट अतिथि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य राजकुमार ओझा अतिथीहरु नेपाल बुद्धिजीवी परिषद मोरङ जिल्ला कमिटी अध्यक्ष सोमराज थापा पार्टी जिल्ला कमिटी सदस्य गणेश ढकाल ,पार्टी नगर कमिटी अध्यक्ष मातृकाप्रसाद ढकाल लगातले बधाई तथा सुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।

276143234_4722380474551465_4512708059456221501_n (1) 1