काठमाडौं,१६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले स्वाधीनता र स्वाभिमानको रक्षा गर्दै देश निर्माण गर्ने एक मात्र पार्टी भएको बताउनुभएको छ ।
वहिर्गमीत पूर्व जनमुक्ति सेनालाई नेकपा एमालेमा भित्र्याउँदै ओलीले सो कुरा बताउनुभएको हो । भक्तपुरमा बुधवार आयोजित कार्यक्रममा ओलीले माओवादीका २२ हजार पूर्वलडाकु एमालेमा प्रवेश गरेको नामलिष्ट ग्रहण गर्नुभयो । उहाँले नाम लिष्ट सहितको पुस्तक ग्रहण गर्दै प्रतिकात्मक रूपमा केही युवालाई अबिर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै माओवादीले हिजो युवालाई दुरुपयोग गरेको उहाँले बताउनुभयो । एमालेमा आउने युवालाई एमालेले दुरुपयोग नगर्ने उहाँको भनाइ छ ।
युवालाई देश बनाउन एमालेले सदुपयोग गर्ने उहाँले प्रष्ट पार्नुभयो । युवाको शक्ति र जोस जाँगरलाई एमालेले सही रूपमा उपयोग गर्ने ओलीले बताउनुभयो ।
हेर्नुहोस भिडियो


