नवलपुर,१७ चैत ।  रिटर्नी फेडेरेशन हुप्सेकोट गाउँ पालिका कमिटीको अध्यक्षमा प्रेमध्वज सारु चयन भएका छन् । विदेशबाट नेपाल फर्केर आएकाहरुको नेकपा एमाले समर्थकहरुको संस्था रिटर्नी फेडेरेशन नेपालको बुधबार हुप्सेकोट- ३ मा सम्पन्न भएको गाउँ पालिका स्तरीय भेलाले सारुको अध्यक्षतामा १७ सदस्यीय पालिका कमिटी कार्यसमितिको गठन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा, सुनिल थापा सचिवमा टोपबहादुर गुरुङ सहसचिवमा विजय तामाङ र कोषाध्यक्षमा केशर बिक सर्वसम्मत निर्वाचित भएका हुन् । त्यसैगरी, सदस्यहरुमा सन्तुराम थापा,गणेश थापा,डनबहादुर सारु,टोपबहादुर चौहान,सूर्यबहादुर गोलाङ,यमबहादुर थापा,डिलबहादुर फाल,चेतभक्त भण्डारी, शिव सुवेदी लगायत रहेका छन् । कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य मेखबहादुर पुलामीको प्रमुख आतिथ्यता रहेको थियो ।

नव गठित कमिटिलाई रिटर्नी फेडेरेशन केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज भीमबहादुर महत्तो नवलपुर जिल्ला कमिटी उपाध्यक्ष शालिकराम लामिछाने सचिव बिनोद राज सिग्देल सह- सचिव मान वहादुर महत्तो, हुप्सेकोट गाउँ पालिका पार्टी कमिटी अध्यक्ष चेतन राना लगायतले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

रिटर्नी नेपालका उत्तम अधिकारी, कार्यक्रममा विदेशबाट फर्केर नेपालमा काम गरिरहेकाहरुले गरेको राम्रो कामको सिको सबैले गर्न र विकासमा सबै लाग्न आग्रह गरिएको थियो । रिटर्नी फेडेरेशन नेपालको नवलपुर जिल्ला अध्यक्ष शिवबहादुर केशीको अध्यक्षतामा सम्पन्न भएको थियो ।