काठमाडौं,१७ चैत । चर्चित नेता एवं पूर्वमन्त्री जगत बोगटी एमालेमै फर्कनु भएको छ । माधव कुमार नेपाल र झलनाथ खनालले एमाले सकाउने कसम खाएर कांग्रेसको पुच्छर बनेपछि बोगटी पुनः एमालेमै फर्कनु भएको हो ।

उहाँ आज एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीको बालकोटस्थित निवासमा पुगेर सिंगो टीमसहित एमालेमा प्रवेश गर्नुभएको हो । बोगटीलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गर्नुभयो ।

आफ्नै घर नेकपा (एमाले) मा फर्किन पाउँदा सारै खुसी मिलेको बोगटीले बताउनु भयो । अछाम निवासी बोगटी हक्की र कुसल संगठन मानिुनु हुन्छ ।