फिदिम,२१ चैत । पाँचथर उद्योग बाणिज्य संघको मत गणना जारी छ । एक हजार मत गणना गर्दा अध्यक्षमा एमाले निकट नवराज घिमिरेको अग्रता फराकिलो बन्दै गएको छ ।

घिमिरेले पाँच सय २१ मत प्राप्त गर्दा अध्यक्षका अर्का प्रतिस्पर्धि काँग्रेस निकट नरेन्द्रसाद अधिकारीले चार सय २१ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा बसन्त रिजालले चार सय ५३ मत ल्याएर अग्र स्थानमा छन् । त्यस्तै गरी मिलन गिरिले चार सय ४९, सोमकुमार थापाले चार सय ४८, कुमारी मिश्रले चार सय २४ र चन्द्रप्रसाद काफ्लेले चार सय २३ मत प्राप्त गरेका छन् ।

महासचिवमा उमानाथ अधिकारीले चार सय ६१ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी सूर्यकुमार मगरले चार सय २३ मत प्राप्त गरेका छन् । सचिवमा बिकास थापाले चार सय ८७ मत प्राप्त गरेका छन् भने अर्का प्रतिस्पर्धी संजिब जोशीले तीन सय ७४ मत प्राप्त गरेका छन् । त्यस्तै गरी कोषाध्यक्षमा चन्द्रप्रसाद डाँगीले चार सय ७२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी प्रतिमा पौडेल रानाले तीन सय ८७ मत प्राप्त गरेकी छन् ।