काठमाडाैं,२१ चैत । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ ।
०७४ काे स्थानीय तहकाे चुनावमा माओवादीबाट निर्वाचित यादव साेमबार एमालेमा प्रवेश गर्नुभएकाे हाे । बालकाेटमा आयाेजित एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टीमा स्वागत गर्नुभयाे ।
कार्यक्रममा माओवादी नेता विष्णुदेव यादव पनि एमाले प्रवेश गर्नुभएकाे थियाे । जनमोर्चाबाट गाविस अध्यक्ष जित्नुभएका यादव पछिल्लाे समय माओवादी केन्द्रमा क्रियाशील हुनुहुन्थ्याे ।



















