काठमाडौं,२२चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्र काठमाडौं २ मा वडाध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
आज बिहान आयोजित एक कार्यक्रमबीच काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका– ७ का वडाध्यक्ष जीवन थापासहित ५० जना भन्दा बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।
थापा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । कांग्रेस माओवादी र माधव नेपालकै पार्टीसँग गठबन्धनमा लागेपछि थापाले एमाले रोज्नुभएको हो ।
त्यस्तै नेकपा एसका काठमाडौं जिल्ला कमिटी सदस्य एवम् कागेश्वरी मनहरा– ९ का वडा सदस्य डोलनाथ पोखरेल पनि एमालेमा प्रवेश गर्नुभएो छ । उहाँहरुलाई एमाले केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य रामेश्वर फुयाँल र मणिराम फुयाँलले पार्टीमा स्वागत गर्नुभएको छ ।



















