काठमाडाैं,२२ चैत । पर्सामा नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीबाट निर्वाचित जनप्रतिनिधिसहित हजाराैं नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।नेकपा एमाले पर्साले मंगलबार वीरगञ्जमा गरेकाे पार्टी प्रवेश तथा बृहत् जनसभामा उनीहरु एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गर्नेमा पर्साकाे बहादुरमाई नगरपालिकाकी उपप्रमुख गायत्रीदेवी यादव,पर्साकै सखुवा प्रसौनी गाउँपालिका उपाध्यक्ष फूलमतिदेवी थरुनी, धनुषाको विदेह नगरपालिकामा माओवादी केन्द्रबाट निर्वाचित उपप्रमुख निलम मण्डल लगायत हुनुहुन्छ ।

कार्यक्रममा राप्रपा, लाेकतान्त्रिक समाजवादी पार्टी,नेकपा माले लगायत पार्टीका नेता-कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयाे ।

सभालाई एमाले अध्यक्ष ओलीले सम्बाेधन गर्नुभएकाे थियाे । अध्यक्ष ओलीकाे सम्बाेधनपछि पनि ठूलाे संख्यामा नेता-कार्यकर्ता एमाले प्रवेश गरेका थिए । सभामा एमालेकाे पक्षमा विशाल जनसागर उर्लिएकाे थियाे ।

हेर्नुस् तस्विर: