बिराटचोक,२३ चैत । मोरङको सुन्दरहरैचा ९ नम्वर वडाका नेपाली कांग्रेसमा आस्थावान युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले निकट राष्ट्रीय युवा संघ नेपाल सुन्दरहरैचा ९ नम्बर वडा कमिटी द्वारा आयोजना भएको जयनगर टोल भेलाको अवस्वरमा १९ जना युवाहरु प्रवेश गरेका हुन ।

277672390_1012243829391607_48036337254662594_n

बुधबार भएको सो कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी रिजन खुलाल,आकाश थापा,राहुल राई,अजय खडका,विवेक दाहाल,रामकृष्ण न्यौपाने,प्रतिक पोखरेल,उज्वल कट्वाल,ओम खड्का,विवेक भण्डारी,देबराज राई ,समिर तामाङ,निशान लिम्बु,पवन दाहाल,संजय खड्का,चेतन थापा,निशान धमला,नबिन थापा लगायतका युवाहरु एमालेमा प्रवेश गरेको युवा संघ ९ नम्बर शाखा कमिटीका अध्यक्ष भविनजंग पाण्डेले बताए ।

नवप्रवेशीयुवाहरु लाई नेकपा एमाले १ नम्बर प्रदेश कमिटी उप सचिव तथा सुन्दरहरैचाकी उप प्रमुख धना तामाङले स्वागत गरेकी थिइन ।

277597376_291651193129072_7092165535415587115_n

आज भएको भेलाले आकाश थापाको अध्यक्षमा २५ सदस्यीय टोल कमिटी गठन गरेको छ । नव गठीत कमिटीलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पुर्व राज्यमन्त्री राजकुमार ओझा, युवा संघ मोरङका प्रस्तावित जिल्ला कमिटी सदस्य राम गुरुङ,युवा संघ नगर कमिटी जयप्रकाश रायामाझीले बधाई तथा सुभकामना मन्तव्य ब्याक्त गरेका थिए ।

277701968_688885042538472_163605239649788217_n

कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य केदारप्रसाद गुरागाई,नगर कमिटी अध्यक्ष मातृका प्रसाद ढकाल ९ नम्बरका वडा अध्यक्ष तथा नेकपा एमालेका नेता राजकुमार कार्की,नेता पुष्प भुजेल पार्टी नगर कमिटी सदस्य तथा ९ नम्बर वडा शाखा इन्चार्ज चन्द्र ढकाल,नगर कमिटी सचिवालय सदस्य रुजा घिमिरे,९ नम्बरका वडा कमिटी अध्यक्ष युवराज पौडेल, सचिव चन्द्र कार्की, जेष्ठ नागरीक टंक बहादुर थापा,बिधार्थी नेताहरु मिलन घिमिरे,अजित मादेन, युवा नेताहरु राजन पाठक , बिष्णु कार्की, नरेश कार्की महिला नेत्रीहरु सुमित्रा दाहाल राउत,छाया गुरुङ, शारदा बिक लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा युवा संघ सुन्दरहरैचा नगर कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख दावा तामाङले स्वागत मन्तव्य राखेका थिए भने नगर कमिटी सचिव आनन्द बस्नेतले संचालन गरेका थिए ।

277581952_4746177872171725_6965522198921945288_n (2)

277759234_4746177922171720_7975262578349294802_n

277419342_1669672246758488_8967425174469101689_n (2)

277470935_686845112765917_1717526729161166256_n