काठमाडाैं,२५ चैत । नेपाली कांग्रेसबाट निर्वाचित रौतहटको राजपुर नगरपालिकाका मेयर मोहम्मद साकिल अख्तर नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीकाे निवासमा आयाेजित एक कार्यक्रमबीच अख्तर एमालेमा प्रवेश गर्नुभएकाे हाे । ०७४ काे चुनावमा अख्तर कांग्रेसबाट निर्वाचित हुनुभएकाे थियाे ।
उहाँसँगै राजपुर नगरपालिका-३ र ९ का वडाध्यक्ष पनि एमालेमा प्रवेश गर्नुभएकाे छ । कांग्रेस जिल्ला कार्यसमिति रौतहटका सदस्य शेख मुबारक, शेख इम्ताज र लोसपाका केन्द्रीय सदस्य शेख मञ्जुर पनि एमालेमा प्रवेश गर्नुभएकाे छ ।

त्यसैगरी नेपाली कांग्रेसका क्षेत्रीय सदस्य तथा अधिवेशन प्रदेश प्रतिनिधि लक्ष्मण खड्का पनी नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । खड्कालाई एमाले सचिव एवं सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गर्नुभयाे ।
स्वागत कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य एवं कैलाली इञ्चार्ज नारदमुनी राना,एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक,केन्द्रीय निर्वाचन विभाग सदस्य रणबहादुर चन्द लगायत जिल्लाका अन्य नेता सहभागी हुनुभएकाे थियाे ।



















