रुपन्देही, २५ चैत । रुपन्देहीमा नेकपा माओवादी केन्द्र झनै कमजोर बनेको छ । बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहनु भएकी चर्चित नेतृ मञ्जु भुसाल आफ्नो टीमसहित आज एमाले प्रवेश गरेपछि प्रचण्ड नेतृत्वको माओवादी जिल्लाभर थप कमजोर बनेको हो ।

uml-prabesh-butwal-768x354

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहनुभएको थियो । तर नेतृत्वले आफन्त छानेपछि असन्तुष्ट भुसाल एमालेमा आउनु भएको हो ।

भुसाललाई एमाले सचिव तथा लुम्बिनी प्रदेश इञ्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य मणि थापा, पोलिब्युरो सदस्यहरु लिला गिरी, दधिराम न्यौपानेले एमालेमा स्वागत गर्नुभएको छ । नेतृ भुसालको नेतृत्वमा २ सय ५० जना माओवादीका नेता–कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको हो ।