उर्लाबारी,२६ चैत । मोरङका चर्चित युट्युबर तथा सञ्चारकर्मी किशोर श्रेष्ठ नेकपा एमालेमा प्रवेश गरेका छन्। नेपाली कांग्रेसमा आस्था राख्दै आएका श्रेष्ठ शनिबार एमालेमा प्रवेश गरेका हुन् । नवप्रवेशी श्रेष्ठलाई नेकपा एमाले मोरङका नेता अग्नी भट्टराईले स्वागत गरेका थिए ।
सञ्चारकर्मी श्रेष्ठले कांग्रेसको स्थानीय नेतृत्व जनविरोधी भएको भन्दै चर्को असन्तुष्टि जनाउँदै आएका थिए। कांग्रेसका नेता हुँ भन्नेहरुको सामन्ती सोच नै मलाई मन परेको थिएन', किशोरले भने, 'हामी भुइँतहका मान्छेले अपनत्व जनाउने पार्टी नै एमाले हो भन्ने बुझेर यही पार्टीमा समर्पित भएको हुँ।
आफूलाई लोकतान्त्रिक पार्टी भन्ने कांग्रेसले उर्लाबारीको हकमा स्थानीय सरकारको नेतृत्व पाउँदा सिन्को नभाँच्ने, 'म नै राज्य हुँ' जस्तो नागरिकप्रति व्यवहार गरेको पनि उनको आरोप छ। उर्लाबारी -६ का बासिन्दा श्रेष्ठको युट्युब च्यानल 'युवा मन नेपाल' चर्चित छ।



















