काठमाडौं,२६ चैत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टीकाे भविष्य रहेकाे बताउनुभएकाे छ ।
शनिबार भृकुटीमण्डपमा आयोजित पार्टीको जनसभामा बाेल्दै अध्यक्ष नेपालले एमालेकाे भविष्य सकिएकाे तर आफूहरुकाे भविष्य रहेकाे बताउनुभयाे । विभिन्न जिल्लामा एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर चलिरहेको दाबी पनि माधवले गर्नुभयाे ।
एमाले अध्यक्ष ओलीतर्फ संकेत गर्दै माधवले भन्नुभयाे -'हाम्रो पार्टीको भविष्य छ, गफाडीहरुको कुनै काम छैन, गफाडीलाई गफ र अरुको अपमान गर्न दिनुस् ।' आफूहरूले दु:ख गरेर बनाएको नेकपा एमालेलाई केपी ओलीले प्राइभेट कम्पनी बनाएकाे आराेप समेत उहाँले लगाउनुभयाे ।
आफूहरु जनसेवाको पक्षमा दृढतासाथ उभिन चाहेको भन्दै उहाँले बोलेको कुरा पूरा गरेरै छाड्ने दाबी पनि गर्नुभयाे ।



















