काठमाडौं,२८ चैत। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङ काठमाडौं सम्पर्क मञ्चले सनिबार बनभोज कार्यक्रम सम्पन्न गरेको छ । नव बर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना आदानप्रदान सहित बनभोज कार्यक्रको आयोजना गरेको हो । राष्ट्रीय शहिद जगडोल गोकर्णमा भएको बनभोज कार्यक्रमको अवस्वर पारेर २०७९ सालको भित्तेपात्रो पनी सार्वजनिक गरेको छ ।

277808992_4825290824263656_6405862805026381358_n (2)

सम्पर्क मञ्चले लामो समयको अन्तरालमा आयोजना गरिएको सो बनभोज कार्यक्रममा बिशेष गरि निर्वाचन मुखी सन्देश र सम्पर्क मन्च ले गर्नु पर्ने काम को बारेमा छलफल समेत भएको मोरङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष सुभाष सिग्देलले जानकारी दिए । बनभोज कार्यक्रमलाई रोमान्चक बनाउन रास्ट्रीय स्तरका कलाकारहरु भीम बिष्ट ,सरु गौतम र किरण भुजेलले सांगेतीक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

277798639_4825291400930265_802688102743018510_n (3)

नेकपा एमालेका बरीष्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्थायी कमिटी सदस्य गुरु बरालको विशेष आतिथ्यता र केन्द्रीय कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी सह इन्चार्ज कमरेड नरेन्द्र श्रेष्ठ, एक नम्बर प्रदेश कमिटी सचिवालय सदस्य सुबोध प्याकुरेल,एक नम्बर प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री लिला वल्लभ अधिकारी,सम्पर्क मञ्चको पुर्व अध्यक्ष नबिन पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

मोरङ जिल्ला बाट आई काठमाडौंमा बसोबास गर्दै आएका नेकपा एमालेमा आवद्द भएको सम्पर्क मञ्चमा भाष सिग्देलको अध्यक्षमा ४५ सदस्यीय मोरङ जिल्ला कमिटी रहेको छ । उपाध्यक्षहरु सन्तमान गुरुङ,पवित्रा न्यौपाने सचिव तिर्थ राज घिमिरेउपसचिवहरु,तिलारुपा कार्की,गुणराज दाहाल कोषाध्यक्ष दुर्गाप्रसाद पुरी रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा कुमार कटुवाल,उषा पराजुली,पदमजङ्ग थापा,धनकुमारी थापा,राजन गौतम,प्रमोद फुयाँल,शिवराज श्रेष्ठ,सुवास रिमाल,नेत्र कुमारी ढकाल,गंगा कार्की,कृष्णप्रसाद पूरी,टिकाराम काफ्ले,समिर भट्टराई,कुशुम भट्ट,दिपेन्द्र ढकाल,इन्द्रकुमारी थापा,अशोक खनाल,चन्द्र प्रसाद फूयाँल,उमेश ढुङगेल,शुलभ श्रेष्ठ,रमेश घिमिरे,विशाल पराजुली,चित्रबहादुर कार्की,भवानीप्रसाद चौलागाई,प्रकाश भण्डारी,मुना ओझा,पवित्रा ढकाल,गितादेवि धिताल,सरोज राइ, ज्ञान बहादुर बिक, मनोज रेग्मी,जेनिस बिष्ट,धर्मराज भट्टराई,अनु बस्नेत,शोभा भट्टराई,केशव घिमिरे,ऋषिकेश खनाल,भोलानाथ सिलवाल रहेका छन् ।