बेलबारी,२८ चैत । वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एमालेबाट बेलबारी नगरपालिका मेयरको उम्मेदवारका लागि ७ जना र उपमेयर पदको लागि ६ जनाको नाम सिफारिस गरिएको छ ।
हिजो (आइतबार) बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकाङ्क्षी सबै जनाको नाम जिल्ला कमिटीमा पठाइएको हो । स्रोतका अनुसार मेयरमा बेलबारी ३ बाट ज्ञानेन्द्रप्रसाद सुवेदी,दिलप्रसाद राई (डिपी) प्रतापकुमार थापा, बेलबारी ९ का राजकुमार बस्नेत,प्रकाश राई,बेलबारी ८ का रबिन थापा र बेलबारी १ का ईरान राई रहेका छन ।
७ जना मध्ये ज्ञानेन्द्रप्रसाद सुवेदी अहिले पनि मेयर छन् भने उनलाई फेरी १ कार्यकाल पार्टीले उम्मेद्वार बनाउनु पर्नेमा बेलबारीका धेरै जसो नेता तथा कार्यकर्ताहरुको भनाई रहेको छ । सुबेदी उत्तरी मोरङको पालीकाहरु मध्ये अब्वल मेयरको रुपमा आफुलाई स्थापीत गरीसकेका छन । दिलप्रसाद राई (डिपी) नेकपा एमालेको पुराना र त्यागी नेताको रुपमा चिनिन्छन उनलाई पार्टीले पटक पटकअन्याय गरेको एकथरी कार्यकर्ताहरुको भनाई रहेको छ ।
अर्का उम्मेद्वारका आकांक्षी प्रतापकुमार थापा बेलावारीको प्रभावशाली नेताको रुपमा स्थापीत छन् । बेलबारी ९ का राजकुमार बस्नेत तत्कालीन डागीहाट गाबिसका पुर्व अध्यक्षहुन । रबिन थापा युवाहरु माझ लोकप्रिय नेताको रुपमा स्थापित छन उनलाई पार्टीले उम्मेद्वार बनाए युवाहरुको भावनाको कदर हुने स्थानीय युवाहरुको भनाइ रहेको छ । राजनितीमा बैचारीक क्षमताका धनी इरान राई साहित्य क्षेत्रमा पनी उत्तीकै चर्चित छन उनलाई पार्टीले बेलबारीमा मेयरको उम्मेद्वार बनाए राम्रै नतिजा आउने एकथरी कार्यकर्ताहरुको भनाई रहेको छ । अहिले पार्टी विभाजन र अर्कोतिर सत्ता गठबन्धनका दलहरु एक भएर आएमा ज्ञानेन्द्र सुवेदी नै एकमात्र बिकल्प भएको बेलबारी २ का एक कार्यकर्ताले बताए ।
आफ्नो कार्यकालमा कुशल क्षमता प्रस्तुत गरीसकेकी उपमेयर ढाका पराजुली (तारा)ले पुन उम्मेद्वारी नदिए पछी ६ जनाको नाम उपमेयरका लागि सिफारिस गरिएको छ । बेलबारी ११ की उषा राई,बेलबारी ४ की गिता शिवा,बेलबारी ९ की गंगा श्रेष्ठ,बेलबारी २ की तिला गौतम,बेलबारी १ की सिता तामांग,बेलबारी ११ की अरकुमारी घिमिरे रहेका छन । उपमेयर पराजुलीले कुनै पदमा उम्मेद्वारी आकांक्षी नदेखाएकोमा बेलबारीमा धेरै जसो नेता कार्यकर्ताहरु निराशा बनेका छन् भने कतीपयले उनी प्रती सामाजिक संजालहरुमा प्रसंसा गरेका छन ।



















