सुनसरी,२८ चैत 

इटहरी उपमहानगरपालिकामा माओवादी केन्द्रवाट निर्वाचित एक मात्र वडासदस्य राम नारायण चौधरीको नेतृत्वमा १५५ जना नेकपा एमाले प्रवेश गरेका छन् ।

वडा नम्वर १० का वडासदस्य चौधरीको नेतृत्वमा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १५५ जनालाई नेतृ भगवति चौधरी, तैयव हुसेन र लक्ष्मी गौतमले अविर लगाएर स्वागत गर्नुभएको छ । एमाले प्रवेश गर्दै वडा सदस्य चौधरीलेले देश र जनताको हीतमा काम गर्ने पार्टी एमाले मात्र रहेकाले एमाले प्रवेश गरेको बताउनुभयो ।

उहाँले माओवादी पार्टी र प्रचण्डबाट मुलुकमाथि ठूलो गद्धारी भएको र सोही दिशामा अघि बढने देखेपछि आफू टीमसहित बिकासको नेतृत्व गर्ने पार्टी एमालेमा आएको बताउनु भयो । चौधरीको प्रवेशसँगै इटहरी गत स्थानीय तहको निर्वाचनमानिर्वाचित जनप्रतिनिधिको हिसावमा सून्यमा झरेको छ ।