काठमाडौं,२८ चैत । रौतहटको गरुडा नगरपालिकामा एमालेको वृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । गरुडा नगरपालिका–९ बिर्ता बजारमा सोमबार आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपाबाट वृन्दावन नगरपालिकाका मेयर प्रत्याशी मोहम्मद हकिमको नेतृत्वमा सो पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

त्यस्तै गौर नगरपालिका– ८ पुरेनवामा आयोजित वृहत् पार्टी प्रवेश कार्यक्रममा जसपाको वडाध्यक्ष प्रत्याशी परमात्मा साहको नेतृत्वमा नेता कार्यकर्ताले जसपा परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ ।

गरुडा नगरपालिका–२ गेडहीगुठीका कार्यवाहक वडाध्यक्ष शैलेन्द्र कुमार यादवको नेतृत्वमा नेपाली कांग्रेसका कार्यकर्ता पनि एमालेमा प्रवेश गर्नुभएको छ लोसपा नेपाल जिल्ला कोषाध्यक्ष भुपनारायण सहनीको नेतृत्वको टोली पनि सोमबारै एमाले प्रवेश गरेको छ ।

गौर नगरपालिका–७ सिसवाबाट नेकपा एकीकृत समाजवादीका जिल्ला नेता यार महम्मदको नेतृत्वमा सो पार्टी परित्याग गर्ने नेता कार्यकर्ता पनि एमाले प्रवेश गर्नुभएको छ ।नवप्रवेशी नेता कार्यकर्तालाई एमाले पोलिटब्युरो सदस्य प्रभु साह लगायतका नेताले पार्टीमा स्वगत गर्नुभएको थियो ।