केराबारी,२९ चैत । मोरङको केराबारीमा एमाले निकट अनेरास्ववियुले हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । लक्ष्मि मावी कमिटीले मंगलबार अन्तर कक्षा स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्नगरेको हो ।

कक्षा ८ देखी काक्षा १२ सम्मको बिधार्थी सहभागी भएको सो हाजिरीजवाफ प्रतियोगितामा ६ वोटा टिमहरुले भाग लिएका थिए । बिजयी टिमहरुलाई प्रमाणपत्र,तथा शैक्षीक सामग्रीहरु पुरस्कार स्वरुप बितरण गरीएको अनेरास्ववियु, मोरङ जिल्ला कमिटीका सह-सचिव सङ्गम कन्दङ्वाले बताए ।

कार्यक्रमको प्रमुख अतिथी मा एमाले, जिल्ला कमिटी सदस्य मनमाया मगरले अनेरास्ववियु पार्टीको नर्सरी भएको र अनेरास्ववियुले नेपाली बिधार्थीहरुको हक र अधिकारको लागी लड्दै आएको लोकप्रिय संगठन भएको बताइन त्यसैगरी कार्यक्रममा बोल्दै पार्टी भिम कार्कीले अखिलले गर्ने रचनात्मक गतिविधिको प्रशंसा गर्दै सधैं पार्टीको साथसमर्थन रहने कुरा बताए ।

कार्यक्रममा विद्यार्थी आन्दोलनको चर्चा गर्दै अखिल सधैं रचनात्मक गतिविधि गर्नुमा फर्स्ट हुनुपर्ने अनेरास्ववियु, मोरङ जिल्ला कमिटीका सह-सचिव सङ्गम कन्दङ्वाले बताए । मावी कमिटीका अध्यक्ष पारस खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अनेरास्ववियु गाउँपालिका कमिटीका अध्यक्ष जाेसेफ उराँव, पार्टी गाउँ कमिटी सदस्य लड्डु बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो भने लक्ष्मि मावी कमिटीकी सचिव विनिता खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।