काठमाडौं,२९ चैत । स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनले पालिका बाँडफाँड गर्ने निर्णय गरे लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा लगायत गठबन्धनका नेताहरु भारतीय दुताबास पुग्नुभएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आयोजना गरेको भोजमा प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताहरु भारतीय दूतावास पुग्नुभएको हो ।
प्रधानमन्त्री देउवा लैनचौरमा मंगलबार साँझ साढे ७ बजेदेखि दूतावासमा आयोजना गरिएको भोजमा सहभागी भएका हुनुभएको लैनचौर स्रोतले जनाएके छ । राजदूत विनय मोहन क्वात्रा भारतीय विदेश सचिवमा बढुवा भएपछि आज बिदाइ पार्टी आयोजना गर्नुभएको हो।राजदूतको भोजमा गएर सत्तारुढ गठबन्धनका नेताहरुले केही बेर गोप्य बार्तासमेत गरेको बताइएको छ ।
बिदाइ पार्टीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पनि सहभागी हुनुभएको थियो । पार्टीमा गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्री, सुरक्षा निकायका प्रमुख, कर्मचारी र अन्य मुलुकका राजदूतहरु पनि गएका थिए। जनता टाइम्स बाट



















