बिराटचोक,३० चैत । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुन्दरहरैँचा नगरकमिटीको अध्यक्षमा सुनिल लिम्बु चयन भएका छन् । महासंघको मंगलबार भएको नगर स्तरीय भेला ३३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

सो कार्यसमितीको उपाध्यक्षमा संगीता शाक्य सचिवमा विनोद कुमार खवास सहसचिवमा गजेन्द्र चौधरी र कोषाध्यक्षमा असिम राई लागायत सदस्यहरु चयन भएका छन । नव गठित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथी महासंघका केन्द्रिय सचिवालय सदस्य सत्यनारायण चौधरी,नेकपा एमाले १ नम्बर प्रदेश कमिटीकी उप सचिव धनादेवी तामाङ,प्रदेश कमिटी सदस्य अजम्वर राई लगायतले बधाई तथा सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

पार्टी नगर कमिटी उपाध्यक्ष अकलि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य इशान राई,पार्टी मोरङ जिल्ला कमिटीका नेताहरु राजकुमार श्रेष्ठ, सन्तोष बान्तवा लगायतको आतिथ्यता रहेको थियो भने रामलाल गच्छदारले कार्यक्रम संचालन गरेका थिए ।