बिहीबार, १ बैशाख । नेकपा एमाले झापा जिल्ला कमिटिले यसपटक पालिका तथा वडाको उमेदवार चयनमा जनवादी विधि प्रयोग गरेको छ । माथिल्लो कमिटी बाट सिधा उमेदवारलाई टिकट दिने प्रवृतिलाई जनवादी प्रयोग गर्दै यसपटक भने प्रत्येक पालिकामा भए सर्बसम्मत र नभए चुनाबको बिधि प्रयोग गरेको छ ।

वडाको अध्यक्ष लगायत परिषद सदस्य छनोट गर्दा वडा कमिटी पदाधिकारी, सदस्य र टोल कमिटी पदाधिकारीले मतदान गरेका छन् भने पालिका स्तरको उमेदवार चयनमा नगर कमिटी पदाधिकारी सदस्य र वडा कमिटी पदाधिकारी सदस्यले मतदान गरेका छन जुन प्रयोग सबैतर्फ सर्वमान्य देखिएको छ । माथिल्लो कमिटिले सिधा नाम पठाउदा कार्यकर्तामा निरासा देखिने गरेको भएपनी यसपटक कार्यकर्ताकै मतदान मार्फत उम्मेद्बारले टिकट पाउँदा सबै कार्यकर्ताले यस्लाइ स्विकार गरेर जाने देखिएको छ ।
झापा क्षेत्र नम्बर २ मा भने एक प्रमुखमा सर्वसम्मत उमेदवार चयन भएको छ । झापामै पहिलोपटक अर्जुनधारा नगरपालिकाको मेयरमा बलदेव गोमदेन तामाङ सर्बसम्मत चयन भएका छन् । गोमदेन नेकपा एमाले अर्जुनधारा नगर कमिटी अध्यक्ष पनि हुन । त्यस्तै अर्जुनधाराको उपप्रमुखमा निर्वाचन हुदा खड्गमाया पराजुली मतदान मार्फत बिजयी बनेकी छिन् ।

क्षेत्र नम्बर दुई कै अर्को पालिका बिर्तामोडमा भने दुबै पदको लागि निर्वाचन भएको छ । प्रमुखमा पवित्रा महतारा प्रसाईं र उपप्रमुखमा देवकाज कार्की बिजयी भएका छन् ।प्रमुखको निर्वाचनमा बिजयी प्रसाईं बहालवाला उपप्रमुख पनि हुन् । त्यस्तै बुद्धशान्ती गाउपालिकामा पनि दुबै पदको लागि निर्वाचन भएको छ । प्रमुखमा बहालवाला उपप्रमुख मिना भुर्तेल बिजयी भएकी छिन् भने उपप्रमुखमा धरणिधर पोखरेल बिजयी भएका छन् । पोखरेल नेकपा एमाले बुद्धशान्ती गाउकमिटी सचिब समेत रहेका छन् ।
झापामा सबै पालिकामा निर्वाचन भैसकेको छ र आफ्नो जनप्रतिनिधिको उमेदवार आफै छान्न पाउँदा यसपटक पार्टी कार्यकर्तामा निक्कै उत्साह आएको देखिएको छ । निर्वाचनकै बिसयमा एक कार्यकर्ता भन्छन् "केन्द्रीयता भन्दा पनि जनवादी विधि प्रयोग गरेर जिल्ला कमिटीले राम्रो काम गरेको छ ,यस्ले कार्यकर्ताको मनको भावनालाइ समेट्छ तर भोलि हामी कार्यकर्ताको मतलाइ बेवास्ता गर्दै निर्णय भए बिद्रोह गर्न बाध्य हुनेछौ "



















