पथरी शनिश्चरे,२ वैशाख । मोरङको पथरी शनिश्चरे नगरपालीकामा नेकपा एमाले बाट रामकुमार बस्नेतको चर्चा चुलिएको छ । नेकपा एमाले १ न. प्रदेश कमिटी सचिवालय तथा संगठन विभाग प्रमुख समेत रहेका बस्नेतको चर्चा चलेको हो ।
गत बुधबार नेकपा एमाले पथरी शनिश्चरे नगर कमिटीको बैठकबाट ६ जनाको नाम सिफारीस गरिए पनी बस्नेतको नाम पहिलो नम्वरको ग्रायतामा परेको श्रोतले बताएको को छ । बस्नेत अनेरास्ववियुको चितवनमा भएको १८ औ राष्ट्रीय सम्मेलनमा केन्द्रीय कमिटीको अध्यक्षको दावेदार हुदा हुदै पनी अरुको लागी त्याग गर्ने ब्याक्तीमा पर्दछन । बस्नेत नेकपा एमालेको चितवनमा भएको १० औ राष्ट्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदार हुदा पनी पार्टीको निर्यलाई मान्दै उनले इमान्दारीका साथ पालना गरेको हुदा उनलाई मेयरको उम्मेदवार बनाउनु पर्नेमा पार्टीमा सहानुभुती रहेको पार्टी केन्द्रीय स्तरका एक नेताले बताए ।
नेता बस्नेतको राजनिती समकक्षी ठाकुर गैरे लागायतका साथीहरु पार्टी केन्द्रिय कमिटी सदस्य हुदै पोलिट ब्युरो सदस्य सम्म बनिसक्दा पनी उनलाई पार्टीको केन्द्रिय सदस्य समेत पार्टीले बनाउन सकेको छैन । वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनमा मेयर पदको लागी उनलाई उम्मेद्वार बनाए बस्नेतको लामो राजनिती योगदानको कदर हुने धेरैजसोको भनाई छ । बस्नेत अनेरास्ववियुको पुर्व केन्द्रिय उपाध्यक्ष समेत हुन । केही दिन अघि भएको पथरी बहुमुखी क्याम्पसको निर्वाचनमा ४ दलीय गठबन्धनलाई हराउदै अध्यक्षमा निर्वाचित भएको हुदा बस्नेत लाई मेयर पदका लागी पार्टीको तर्फबाट बलियो उम्मेद्वारको रुपमा चर्चा हुन थालेको स्थानीय पार्टीका नेता तथा कार्यकर्ताहरु को भनाई रहेको छ ।
त्यसैगरी बहाल वाला मेयर दिलिप राईले पनी फेरी मेयरमा उठने आकांक्षी राख्दै आफ्नो नाम दिएका छन । स्थानिय तहमा एक कार्यकालको अनुभव बनाइ सकेको हुदा बहाल वाला मेयर लाइ सोही पदमा दोहोर्याउनु पर्ने केही नेता तथा कार्यकर्ताहरुको भनाइ रहेको छ । मेयर पदका अर्का आकांक्षी मोहन तुम्वापो पथरी गाबिसका दुइ कर्याकालका अध्यक्ष हुन । निष्ठा र इमानदारीको राजनितीमा नाम लिनेहो भने तुम्वापो पथरी शनिश्चरेमै पहिलो नम्बरमा पर्दछन । राजनिती पेशा होइन सेवा हो भन्ने भावना बोकेका तुम्वापो सादा जीवनका धनी भएका कारण उनलाई जनताले रुचाउने कारणहरु हुन । पथरी शनिश्चरेमा तुम्वापो लाई पार्टीले उम्मेद्वारी बनाए जितको सुनिश्चित जस्तै हुने स्थानिय एक पत्रकारले बताए ।
मेयर पदमा अर्का आकांक्षी युवराज बास्कोटा (यज्ञ ) रहेका छन उनको नाम पनी सिफारीसमा परेको छ भने उनी नेकपा एमालेका केन्द्रिय सदस्य पनिहुन । अर्का आकांक्षी एम गुराईले आफ्नो नाम फिर्ता लिइसकेका छन त्यस्तै भगतचन्द्र थपलियाको नाम पनी सिफारीसमा परेको छ । थपलिया पार्टी जिल्ला कमिटी सदस्य हुन । उम्मेद्वारमा सिफारीस भएका मध्ये बाट मोहन तुम्बापो, बहाल वाला मेयर दिलिप राई र रामकुमार बस्नेत मुख्य दावेदरको रुपमा रहेको स्रोतले बताएको छ ।



















