बिराटचोक,३ वैशाख । नेकपा एमाले निकट नेपाल राष्ट्रिय उधोग ब्यावसाय माहासंघको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नयाँ बर्ष २०७९ सालको उपलक्ष्यमा नेपाल राष्ट्रिय उधोग ब्यावसाय माहासंघ मोरङ जिल्ला कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

278472563_5490325891011736_7613128685658875303_n (2)

शनीबार विराटचोकमा भएको सो कार्यक्रममा माहासंघका ५ जना केन्द्रीय सदस्यहरुलाई सम्मान गरीएको माहासंघ मोरङका सदस्य बिष्णु कार्कीले जानकारी दिए । काठमाडौंमा भर्खरै सम्पन्न भएको माहासंघको दोश्रो राष्ट्रिय महाधिवेशनबाट मोरङ जिल्लाबाट निर्वाचित भएका ६ जना केन्द्रीय सदस्यहरु मध्ये डिल्लीप्रसाद फुयाल,दिलसाद आलम,माधवराज थापा,अरुण राठी र चेतनाथ निरौलालाइ सम्मान गरिएको थियो । अर्का १ जना केन्द्रीय सदस्य राजन प्रसाई कार्यक्रममा आफ्नो कार्य व्यस्तताको कारण अनुपस्थीत रहेको  उधोग ब्यावसाय माहासंघ सुन्दरहरैचा नगर कमिटीका अध्यक्ष रामकृष्ण खड्काले जानकारी दिए ।

278604137_5490326107678381_8141725113903755714_n (2)

उधोग ब्यावसाय माहासंघ मोरङका जिल्ला कमिटी अध्यक्ष डिल्लीप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा सुन्दरहरैचा ९ मा वडा अध्यक्षका उम्मेद्वार चयन भएका पुष्पबहादुर भुजेललाई परिचय गराइएको थियो । नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा  पुर्वराज्य मन्त्री राजकुमार ओझाको प्रमुख आतिथ्यता र नेकपा एमाले मोरङ जिल्ला कमिटी सचिवालय सदस्य तथा माहासंघको इन्चार्ज अन्जु उपाध्य पार्टी जिल्ला कमिटी सचिवालय सदस्य सन्तोष वान्तवा, जिल्ला कमिटी सदस्य नविन पौडेल लगायतको आतिथ्यता रहेको थियो । महासंघकी जिल्ला कमिटी सचिव सम्झना खतीवडाले कार्यक्रम संचालन गरेकी थिइन् ।

278597725_951681705532187_1478939874646146551_n (2)

278146226_5490325987678393_1334119180825211372_n (2)

278451416_5490325784345080_3358425842399331186_n (2)

277820764_5490326294345029_4414222627812718077_n (2)