काठमाडाैं,५ चैत । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पा नेकपा एमालेमा प्रवेश गर्नुभएकाे छ । नेकपा एमाले साेलुखुम्बुले साेमबार सल्लेरीमा आयाेजना गरेकाे बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा शेर्पा एमाले प्रवेश गर्नुभएकाे हाे ।

उहाँलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयाे । सोलु दुघकुण्ड नगरपालिका-२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मिंमार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा लगायतसहित शेर्पा एमाले प्रवेश गर्नुभएकाे हाे ।

सभामा माप्य दूधकोशी गाउँपालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित वडा नम्बर ६ र ७ का वडाध्यक्षहरु दिनेश कुमार राई र सगुजीत राई पनि एमाले प्रवेश गर्नुभयाे । उहाँहरुसहित कांग्रेस,माओवादी केन्द्र लगायत विभिन्न पार्टीका गरी ३ सय बढी नेता एमाले प्रवेश गरेका नेकपा एमाले साेलुखुम्बुले जनाएकाे छ । सभालाई अध्यक्ष ओलीले सम्बाेधन गर्नुभएकाे थियाे ।