काठमाडाैं,६ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य चद्रकला साउदले नेकपा(एमाले)मा प्रवेश गरेकी छन् । विगत २०६२÷०६३ देखी एमालेमै रहेकी साउदले २०७४ सालको स्थानियतहको निर्वाचनका बेला राप्रपा नेपालमा प्रवेश गरेकी थिइन् ।
साउद ०७४को निर्वाचनमा राप्रपा नेपालब ट मेलौली नगरपालिकामा उपमेयरको उमेदवार समेत बनेकी थिइन् ।
साउद राप्रपाको राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्य चयन भएकी थिइन् । उनले राप्रपामा केहि समय सहँदा बिचार र सिद्धान्त मिल्न नसकेकाले पार्टी परित्याग गरेको बताएकी छन् ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै साउदले राप्रपाको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको बताएकी छन् ।
साउदलाई पार्टीमा उचित जिम्मेवारी दिइने पार्टीका केन्द्रीय सदस्य लिलाधर भट्टले बताए । उनले भने,‘उहाँको परिवारनै विगत देखी पार्टी प्रति बफादार रहेकोमा उहाँले मात्रै पार्टी छाड्नु भएको थियो, फेरी पार्टीमै फर्किनुभएको छ उहाँलाई उचित प्रकारको जिम्मेवारी दिइनेछ ।’



















