विराटचोक,१२ बैशाख । मोरङको सुन्दरहरैचा नगर पालिकामा यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका उम्मेदवारले सोमबार मनोनयन दर्ता गराउनुभएको छ । सो नगरपालिकाको मेयरमा मा केदारप्रसाद गुरागाईले मनोनयन दर्ता गराउनुभएको छ ।
गुरागाइको प्रस्तावकमा एमाले प्रदेश कमिटी सदस्य राजकुमार ओझा र समर्थकमा प्रदेश कमिटी सदस्य सुरेन्द्रबहादुर थापा रहेका छन। थापा मेयरका प्रत्याशी थिए । त्यस्तै उपप्रमुखमा अकली चौधरीले मनोनयन दर्ता गर्नुभएको छ । चौधरीको समर्थकमा महिला नेतृ टीका चापागाईं र प्रस्तावकमा अम्बिका दाहाल रहेकी छन । दाहाल उपमेयरको प्रत्यशी थिइन ।
सो नगरपालिका १२ वटै वडाध्यक्ष र सदस्यको लागि पनि आइतबार नै एमालेका उम्मेदवारले मनोनयन दर्ता गराउनुभएको छ । वडा नं १ को अध्यक्षकालागि इन्द्रप्रसाद भट्टराई, २ का लागि झरीलाल सरदार , ३ का लागि बिदुर ढुंगाना , ४ का लागि नारायणप्रसाद श्रेष्ठ ५ का लागि गणेश चौधरी, ६ का लागि जीवन राई ७ का लागि पोष्टकुमार श्रेष्ठ ८ का लागि खेमप्रसाद न्यौपाने ९ का लागि पुष्पबहादुर भुजेल १० का लागी राजकुमार राई,११ का लागि विशनलाल चौधरी ,१२का लागि रोशनप्रसाद ढकालले मनोनयन दर्ता गराउनुभएको छ ।
मनोनयन दर्ताका लागि एमालेका उम्मेदवार बाजागाजा सहित हजारौको संख्यामा निर्वाचन अधिकृतको कार्यालयमा पुग्नुभएको थियो । ०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमाले वडा नम्बर ३ र ४ नेकपा एमालेले पराजय भोगेको थियो र मेयरमा झिनो मतान्तरले मेयर गुमाएकोले यसपटक सो वडाहरु बाट नेता कार्यकर्तार जनताहरुको व्यापक सहभागिताले गर्दा एमालेले सुन्दरहरैचामा मेयर सहित चुनाव जित्ने आंकलन हुन् थालेको छ ।
मनोनयन दर्ता गराउन जाने क्रममा नेकपा एमालेका नेता तथा पुर्व मन्त्रीहरु लालबाबु पण्डित भानुभक्त ढकाल र उपमेयर धनादेवी तामाङको सहभागीताले कार्यकर्ताहरुमा झन् उत्साह थपिएको थियो आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेको लागि आइतबार र सोमबार मनोनयन दर्ताको समय तोकेको छ ।



















