धर्मदेवी,१८ बैशाख । संखुवासभाको धर्मदेवीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीको तर्फबाट धर्मदेबी नगरपालिका वडा नम्बर ३ उम्मेदवार वडासदस्यका उम्मेदवार रहेका प्रदीप खुलाल बस्नेत नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
शनिबार मझुवा टोलमा भएको कोणसभामा एमाले प्रवेश गरेका बस्नेतलाई प्रदेश कमिटी सदस्य भीम लिंखा, नगर इञ्चार्ज तथा मेयरका उम्मेदवार उदयचन्द्र पौडेल, जिल्ला कमिटी सदस्य तथा उपमेयरकी उम्मेदवार लक्ष्मी गिरी र जिल्ला कमिटी सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य दिनेशराज अधिकारी लगायतले नेकपा एमालेमा स्वागत गर्नुभयो ।
उनी धर्मदेबी नगर कमिटी सचिब तथा युवा संघ नेपाल संखुवासभाको जिल्ला कमिटी सचिब थिए । उनीसँगै युव संघ नेपाल जिल्ला कमिटि सदस्य भरत खुलाल, पार्टीको नगर कमिटी सदस्य टेकबहादुर खुलाल लगायत पनि नेकपा एमालेमा प्रवेश गरेका छन् ।



















