रुपन्देही, २३ बैशाख । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला सल्लाहकार बालाराम भट्टराई र बुटवल उपमहानगर कमिटी सदस्य रेनुका भट्टराईले पार्टी परित्याग गर्नुभएको छ।

तत्कालीन नेकपा माक्र्सवादीबाट कम्युनिष्ट पार्टीमा आवद्ध भइ नेकपा माओवादी केन्द्रमा रहेका भट्टराईले नेकपा माओवादी केन्द्र वैचारिक र सागंठनिक रुपमा तीव्र स्खलित भएको र नेपाली कांग्रेससंग सहकार्य गरी रुखमा भोट हाल्न कार्यकर्तालाई बाध्य बनाउने काम गरेकाले पार्टी छाड्न बाध्य भएको बताउनुभएको छ ।

उहाँद्वरा जारी विज्ञप्तिमा भनिएको छ( माओवादी केन्द्रले चरम गैरराजनितिक, गैरकम्युनिष्ट चरित्र प्रदर्शन गरेकोले नेकपा माओवादी केन्द्र परित्याग गरी पुरानै मूल घर फर्कने निर्णय गरेको छु ।