विराटचोक,२३ बैशाख । नेकपा एकीकृत समाजवादीबाट सुन्दरहरैंचाको वडा नम्बर ९ को अध्यक्षमा उम्मेद्वारी दिएका महेन्द्र राई नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सो पार्टीबाट वडाध्यक्षमा उम्मेद्वारी दिए पनि बैशाख १६ गते उम्मेद्वारी फिर्ता लिएर तटस्थ बसेका राई आज एमालेमा प्रवेश गरेका हुन् । उनलाई पूर्व मन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य लालबाबु पण्डितले पार्टीमा स्वागत गरेका थिए ।

माधव नेपालको एकीकृत समाजवादी पार्टी नेपालको कम्युनिष्ट पार्टी नै सक्ने खेलमा लागेको हुदा आफू अब पुरानै घरमा फर्किएको र एमालेलाई जिताउन दिलोज्यानले लाग्ने उनले प्रतिबद्धता उनले जनाए ।