- गंगा चाम्लिङ
लेटाङ २३ वैशाख । ३० गते हुने आसन्न निर्वाचनका लागि नेकपा एमाले लेटाङ नगर कमिटीद्रारा व्यापक घरदैलो कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबारका वडा नं.-४ को गङ्गे चोकबाट भेला भई बि.पि. चोक हुँदै चार नम्बरका विभिन्न ठाउँहरु स्कुल रोड,आर्मी व्यारेक जाने बाटो हुँदै सिरान मिलन चोकसम्म पुगि टेलिकमलाई, हाटखोला ,चौकी लाईन हुदै सिद्धार्थलाई भैइ क्याम्पस लाईनमा कार्यक्रम समापन भएको थियो।
उक्त घरदैलो कार्यक्रमको बेला हाटखोला र क्याम्पस रोडमा कोणसभा भएको थियो। कोणसभामा नेकपा एमाले मेयरका उम्मेदवार भुपेन्द्रकुमार लावतीले लेटाङ वडा नं.-४ का सम्पुर्ण वडावासीहरुलाई सम्बोधन गर्दै,लेटाङ वासीहरुको हकहितको काम गर्ने र नगरपालिकामा भएको समस्याहरुलाई र ढिला सुस्त कामलाई हटाउने जस्ता विभिन्न प्रतिबद्धता जनाउनु भएको थियो।

स्कुल रोडमा उपमेयर उम्मेदवार कृष्णकुमारी निरौलाले कार्यक्रमको समापन गर्नुभएको थियो भने नेकपा एमाले लेटाङ वडा नं.-४ पार्टी सचिव अवतार राईले कोणसभा सञ्चालन गर्नु भएको थियो। आम स्थानीयवासीहरुले उम्मेदवारहरुको टिम सहितलाई ठाउँ ठाउँमा फुलमाला, खदा र अबिरले सम्मान साथै शुभकामना दिनुभएको थियो।



















