विराटचोक, २४ बैशाख । स्थानीय तहको निर्वाचन आउन अब १ सातामात्रै बाँकी छ । यसबीचमा बैशाख २८ गतेदेखि मौन अवधि शुरु हुने हुनाले अब ३ दिन मात्रै चुनावी प्रचारप्रसार गर्न पाइनेछ । त्यसैले अहिले उम्मेद्वारहरुलाई मतदाताको घरमा पुग्न भ्याइनभ्याइ छ ।
यसै क्रममा मोरङको सुन्दरहरैंचा वडा नम्बर ९ मा नेकपा एमालेबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका पुष्प बहादुर भुजेलको चर्चा चुलिँदै गएको छ । सामाजिक व्यक्तित्व र विभिन्न संघसंस्थामा रहेर राम्रो काम गरेर ख्याति कमाइसकेका उनी वडावासीको नजरमा मात्रै नभई नगरपालिकाकै नजरमा परेका सामाजिक व्यक्ति हुन् ।
मोरङ जिल्लाको साविक इन्द्रपुर गाविस वडा नम्बर ८ मा २०३३ सालमा बुबा इन्द्रबहादुर र आमा इन्दिरामायाको कोखबाट जन्मिएका भुजेल नेकपा एमाले सुन्दरहरैंचाका युवा नेता हुन् । पार्टीको युवा पङ्क्ति र स्थानीय समाजमा समेत दूरदर्शी र प्रभावशाली छवि बनाएका भुजेल सुन्दरहरैंचा ९ मा रहेको सगरमाथा युथ क्लबका पूर्व अध्यक्ष हुन् । सो क्लब राष्ट्रिय स्तरमै चर्चा कमाएको क्लब हो ।
कृषि बजार व्यवस्थापन समितिको पनि उनी पूर्व अध्यक्ष हुन् । हाल जनचेतना सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष लगायत विभिन्न संघसंस्थामा उनी आबद्ध छन् । सहयोगी मनका धनीको रुपमा स्थापित भुजेलले समाज सेवा गर्ने उद्देश्यले आफ्नो निजी खर्चमा समेत एउटा संस्थालाई केही वर्ष अघि एम्बुलेन्स सहयोग गरेका थिए । समाजमा कसैलाई समस्यामा परे सक्दो सहयोग गर्न पछि नहट्ने भुजेलले सुन्दरहरैंचा– ९ स्थित साई भजन मण्डलीलाई १ कट्ठा जग्गा (हालको मूल्य १ करोड रुपैयाँ बराबरको) प्रदान गरेका थिए ।
बंगाली टोलको काली मन्दिरको गेट निर्माण, कर्जुनाको शिवालय मन्दिरमा बसाहा निर्माण, स्थानीय जनता मावि र जुडी प्रावि लगायतका शैक्षिक संस्थाहरुमा उनले सहयोग पनि गरेका छन् । उनै युवा समाजसेवी भुजेल सुन्दरहरैंचा – ९ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेद्वार रहेका छन् । सोही वडामा एमाले बाट अघिल्लो स्थानीय चुनावमा सर्वाधिक मत पाएर बिजयी भएका क्यास मियाँलाई पुन सदस्य पदको उम्मेदवार बनाएको छ । साविक इन्द्रपुर गाबिस वडा नम्बर ८ का लोप्रिय वडा सदस्य राजनारायण खवासलाई पनि एमालेले सदस्य पदको उम्मेदवार बनाएको छ । त्यसैगरी समाजिक अभियन्ता तथा रुकमणि (रुजा) घिमिरे लाई महिला सदस्य पदको उम्मेदवार बनाएको छ । दलित महिला सदस्यमा अनेमसंघकि सारदा बिकलाई उम्मेद्वार बनाएको छ ।



















